१५ असोज, सल्यान
सल्यानको शारदा नगरपालिका वडा नम्बर-१३ साङ्घारमा सार्बजनिक जग्गामा बनेका घर टहरा हटाउन सुरु गरेको छ।
मंगलवार शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको नेतृत्वमा घर टहरा हटाउन सुरु गरिएको हो ।
साङ्घार खोलालाइ प्रदुशित बनाउने गरि सार्बजनिक जग्गामा बनाइएका बाख्रा र बङ्गुरका ८ वटा खोर डोजर प्रयोग गरि हटाइएको प्रमुख प्रकाश भण्डारीले बताउनु भयो । आवासको रुपमा प्रयोगमा आएका घरहरुलाइ भने लिखित निबेदनका आधारमा ब्यबस्थापन गर्नका लागि समय दिइएको उहाँले बताउनु भयो ।
शाङघारमा करिब ७५ रोपनी सार्बजनिक जमिन रहेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार