
१७ असोज, सल्यान
वडा दशै र तिहार पर्व २०८१ को अवसरमा सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ मा रहेको जागृत साकोसले बिहिबार शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षता र निवर्तमान अध्यक्ष किशोर कुमार हमालको प्रमुख आतिथ्यतामा संचालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु. अन्य उपसमितिका संयोजक तथा सदस्यहरु र कर्मचारी लगाएत शेयर सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका सचिव कल्पना सेजवालले संचालन गर्नु भएको शुभकामना आदाप्रदान संगै कार्यक्रममा संस्थाको भवन वरपर, सार्वजनीक स्थानहरु मन्दिर, चौतारी तथा वाटो सरसफाई गरिनुका साथै सार्वजनीक स्थान तथा घरवरपर फोहोरहरु जथाभावी नफाल्न समेत स्थानियवासीहरुलाई अनुरोध गरिएको थियो ।
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहिवार