सृजनशिल आविका शिक्षकस्टाफहरुले गरे विद्यार्थीलाई विद्यालय पोशाक सहयोग


१६ साउन २०८२

सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ स्थित सृजनशिल आविका शिक्षक स्टाफहरुले आफ्नो पोशाक भत्ता वाफतको रकमबाट आफ्नो विद्यालयका विद्यार्थीहरुलाई ५५ हजार रकम बराबरको विद्यालय पोशाक (ट्रयाक सुट) सहयोग गरेका छन ।
विद्यालयका अध्यक्ष गुमान बहादुर रोकाहाको अध्यक्षता तथा १३ नम्बर वडा अध्यक्ष जङ्ग बहादुर बुढा मगरको प्रमुख आथित्यतामा आज एक कार्यक्रमको आयोजना गरि पोशाक वितरण गरिएको हो ।

पोशाक वितरण कार्यक्रममा पुर्ब प्रअ तिलक बहादुर पुन मगर, शिक्षक अभिभावक अध्यक्ष रुपा बुढा, सम्पुर्ण बि.ब्य.स पदाधिकारीहरु, शिअसंघ पदाधिकारीहरु, अभिभावक , शिक्षक स्टाफ र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।वितरण कार्यक्रमको संचालन शिक्षक झक्कु प्रशाद वलीले गर्नुभएको थियो ।

विद्यार्थीलाई पोशाक सहयोग गर्ने शिक्षक स्टाफको विवरण
१)मेनुका बुढाथोकी कवर मगर –प्रधानाध्यापक
२)झक्कु प्रशाद वली –शिक्षक
३)कमला बुढाथोकी –शिक्षक
४)सृजना बुढा मगर –शिक्षक
५)बिक्रम रोका –शिक्षक
६)कमला चलाउने –शिक्षक

प्रकाशित मिति : २०८२ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस