लोकगितको बजारमा एक मौलिक लोक भाका “सल्यान टाकुरि” सार्वजनिक


२७ जेठ, काठमाण्डौं l

नेपाली लोकसंगीतमा नयाँ सिर्जनाको रुपमा पवन कुमार ओलिको संगीत संयोजनमा तयार पारिएको गीत सल्यान टाकुरी सार्वजनिक भएको छ । गीतमा सुनीता बुढा क्षेत्री र पवन कुमार ओली को स्वर रहेको छ। जसको लय तथा सब्द संकलन पवन कुमार ओलीले गरेका छ्न । गितको म्युजिक भिडियो समेत उनि आफै, रामु खड्का र रिना गुरिङ ले अभिनय गरेका छन ।

गीतको संगीत संयोजन बिनोद बजुरालीले गरेका छन् भने रेकर्डिङको जिम्मा सागर बजुराली र डम्बर विश्वकर्मा ले सम्हालेका छन्। राजेन्द्र बजुराली ले भोकल सम्पादन गरेका छन् र खडक बजुराली ले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। सम्पूर्ण अडियो कार्य स्टुडियो मालश्री मा सम्पन्न गरिएको हो।

वाद्यवादनमा मेघराज लुङ्गेली ले ढोलक, तबला, मादल तथा डिम्डी बजाएका छन्। गोपाल देव ले बाँसुरी तथा धर्म गन्धर्वले सारङ्गी वादन गरेका छन्।

गीतको कथा राजु तिर्वाले लेखेका छन् र निर्देशन समिर ठोकर द्वारा गरिएको हो। भिडियोमा रीना गुरुङ, पवन कुमार ओली र रामु खड्का को अभिनय देख्न सकिन्छ । छायांकन, सम्पादन तथा कलर ग्रेडिङ सुशील डाँगी ले गरेका छन् ।
गित लाई अझ मौलिक बनाउन सल्यान्का डृश्य हरु पनि समाबेश गरिएको छ ।
यस गीतले नेपाली लोक संगीतको संरक्षण र प्रवर्धनमा थप योगदान पु¥याउने विश्वास लिइएको छ।
ओलि को यो तेश्रो शृजना हो । यस अघिका उनिका गितहरुमा तिमिलाइ के था किन रुन्छु म साइलो दाइ हुन, साइलो दाइ बोल को गित पनि सल्यानमा गन्ध्र्ब समुदयमा प्रचलित गित हो जसलाइ उनिले सन्कलन गरेका रेकर्ड गरेका हुन .

भिडियो हेर्नको लागि :

https://www.youtube.com/watch?v=19O5fgkDv74&list=RD19O5fgkDv74&start_radio=1

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस