सल्यानका तीन जना प्रधानाध्यापक उत्कृष्ट शिक्षकका रूपमा सम्मानित

१७ असार, सल्यान l

शिक्षा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रदेश सरकारले सल्यानका तीन जना प्रधानाध्यापकलाई सम्मान गरेको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जिल्लास्तरको उत्कृष्ट शिक्षकको रूपमा चयन भएका तीनैजनालाई नगद ३५ हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरेको हो।

सम्मानित शिक्षकहरूमा शारदा नगरपालिका–१ स्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवनी रावत, सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरस्थित निराजन माध्यमिक विद्यालयका धर्मराज घर्ती, र छत्रेश्वरी गाउँपालिका–५ मा रहेको कालिका आधारभूत विद्यालयका बालाराम ओली रहेका छन्।

उनीहरूको योगदानले जिल्ला तथा प्रदेशस्तरमा शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय प्रभाव पारेको भन्दै निर्देशनालयले सम्मान प्रदान गरेको हो।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस