बिद्यालयमा सहयोग गर्नेलाइ वसन्तपञ्चमीको अबसरमा सम्मान ।

२१ माघ, सल्यान ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर -३ स्थित  खड्गदेवी आधारभुत (१-५) बिद्यालयमा सोमबार बसन्त श्रीपञ्चमीको अवसरमा बिद्यालयलाई आर्थिक तथा अन्य सामाग्री सहयोग गर्ने दाताहरुलाई बिद्यालयले सम्मान गरेको छ ।

सोही वडाको ३ तल्लो बजार निवासि शैलेन्द्र कुमार शाक्य सपरिवार लक्ष्मण शाक्य स परिवार
र यमुना, ललिता, पबिता रेनुका र साम्रागी शाक्य ।
र काठमाण्डौ, बालाजु निवासी पुर्णरत्न बज्राचार्य सपरिवार
दान दाताले दिएको नगत तथा जिन्सी गरेर करिब साढे पाच लाख बढी रुपैया सहयोग गर्ने दान दाताहरुलाइ प्रधानाध्यापक टिकाराम खड्का , बिब्यस अध्यक्ष मौसम दास श्रेष्ठ र प्रमुख अतिथि वडा नम्बर -३ का अध्यक्ष तुल्सा भण्डारीले कदर पत्र सहित सम्मान गर्नु भएको हो ।
कार्यक्रमको सहजीकरण प्रधानाध्यापक टिकाराम खड्काले गर्नु भएको थियो ।


बिब्यस अध्यक्ष मौसम दाश श्रेष्ठको अध्यक्षतामा भएको समान कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा अध्यक्ष तुल्सा भण्डारी रहनु भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक टिकाराम खड्काले गर्नु भएको हो । कार्यक्रममा शिक्षक, बिद्यार्थी र स्थानीय वासिन्दाहरुको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस