मेरो मानसपटलमा श्रद्धय गुरु मोहनसिंह थापा

हाम्रो समाजमा विभिन्न थरिका मानिसहरुको वसोवास रहेको हुन्छ । मानिसको ब्यवहार , पेसा , अभिवृत्ति , सदभाव , त्याग , तपस्या , विवेक , लगाव आदिको आधारमा मानिसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो हो बाँचेर पनि मर्ने । दोस्रो हो मरेर पनि बाँच्ने । सल्यान जिल्ला अन्तर्गत साविक खलंगा ८ स्थित थापागाउँ सल्यान र हालको शारदा नगरपालिका वडा नंवर ३ थापागाउँ सल्यान निवासी लब्धप्रतिष्ठित ब्यक्तित्व तथा पूर्व उपप्रधानपञ्च ज्योतिमानसिंह थापा र डम्बरकुमारी थापाका माहिला सुपुत्रको रुपमा २०१० सालमा जन्म लिनु भएको मोहनसिँह थापा मरेर पनि बाँच्ने वर्गमा पर्नुहन्छ । उहाँले सल्यान जिल्लाका बिभिन्न विद्यालयहरुको साथै त्रिभुवन जनता माध्यमिक विद्यालय लुहापिङ्ग , सल्यानमा लामो समयसम्म अस्थायी रुपमा माध्यमिक तहमा गणित विषयको माद्यमिक शिक्षकको रुपमा अध्यापनरत रहनु भएको र उहाँको आफ्ना विद्यार्थीप्रति गर्ने ब्यवहार , पेसाप्रतिको लगाव , त्याग अत्यन्तै सह्रानीय र प्रसंशनीय रहेको थियो साथै उहाँ आजिवन अविवाहित रहनु भएको थियो । उहाँले तत्कालिन समय २०४१÷०४२ सालमा म लगायतका विद्यार्थीहरुलाई त्रिभुवन जनता माद्यमिक विद्यालय लुहापिङ्घ, खलंगा , सल्यानमा कक्षा ९ र १० मा गणित विषय शिक्षण गर्नुहुन्थ्यो र उहाँको आफ्नो विषयवस्तुमा अत्यन्तै निखारपन रहेको थियो । प्रस्तुतिकतरण शैली , गणित शिक्षण विधिका अतिरिक्त विद्यार्थीको मनोविज्ञान बुझेर कुन स्तरको विद्यार्थीलाई के कसरी पठनपाठन गर्ने भन्ने कुराले नै उहाँलाई शिक्षण पेशाको उचाइमा मुखरित गरेको र चर्चामा पु¥याएको थियो । सरल अनि शालिन स्वभावका प्रतीकको रुपमा सुपरिचित मोहन सरको पोशाक अत्यन्तै सरल हुन्थ्यो भने उहाँमा कुनै पनि प्रकारको तटकभटक थिएन । अर्को कुरा तत्कालीन समयमा कतिपय सरहरुले कक्षामा अध्यापन गर्न आउदा आलटाल गरेको पाइन्थ्यो तर मोहन सर भने पङ्चुअल हुनुहुन्थ्यो । कक्षामा पढाउदा शुरुमा अघिल्लो दिनको विषयवस्तुलाई पुनरावलोकन गरेर मात्र त्यस दिनको विषयवस्तु पस्कनु हुन्थ्यो । अधिकाँश शिक्षकहरुले कक्षाकोठामा मात्र बिद्यार्थीहरुलाई सिकाउने गर्छन् तर उहाँले भने कक्षाकोठामा मात्र होइन कि जहाँ जुनबेला पनि गणित लगायत अन्य विषय पनि सिकाउने गरेको पाइन्थ्यो । मलाई अहिले पनि याद आउँछ कि म तत्कालिन समयमा त्रिभुवन जनता माध्यमिक विद्यालय लुहापिङ् खलंगा सल्यानको कक्षा १० मा अध्ययन गर्दै गर्दा छात्रवासमा बस्ने गर्थे ।

मोहन सर विहान मोर्निङ् वाक गर्ने क्रममा प्रायः छात्रवास आसपासमा आउनुहुन्थ्यो र त्यसबेला म लगायत अन्य सहपाठिहरुले गणित सम्बन्धि केहि प्रश्नहरु समाधान गरिदिन अनुरोध गर्ने गथ्र्यौँ उहाँले कुनै झर्को नमानेर ती प्रश्नहरुको समाधान गरिदिनुहुन्थ्यो । यति मात्र होइन कि मोहन सर शनिवारको दिन प्रायःजसो बरला ( हालको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदि ) मा नुहाउन जानु हुन्थ्यो र त्यहाँ भेट हुँदा समेत दुई तीन पटक मलाई कक्षा १० का विजगणितका केहि प्रश्नहरु सिकाउनु भएको याद आउँछ । अहिले प्रयोगमा आएको घुम्ति विद्यालयको प्रयोग मोहन सरले तत्कालिन समयमा नै गरिसक्नु भएको थियो र कोभिड नाइन्टिनमा प्रयोग भएको Meet the student and Teach the student भन्ने कुरालाई समेत याद दिलाउनु भएको थियो साथै विद्यार्थीहरुलाई पठनपाठन गर्दा अपनाइने होल्डिङ्घ थेरापी पनि तत्कालिन समयमा नै उहाँले प्रयोगमा ल्याइसक्नु भएको स्पष्ट हुन्छ । अर्को कुरा मोहन सर आफैमा गणित र एक अर्काका परिपूरकको रुपमा रहेको पाइन्छ । कुनै समयमा सल्यान जिल्लामा गणितका पिता मानिनु हुने मोहन सरले गणितको सिकाइलाई अत्यन्तै सजिलो तरिकाले तथा सजिलो अनुभव हुने गरेर सिकाउने गरेको मलाई महसुस हुने गर्छ । गणित मात्र होइन उहाँसँग अन्य विषयहरुको पनि गहिरो ज्ञान रहेको थियो । म कक्षा १० मा अध्ययन गर्ने समयमा अंग्रेजी विषय अन्तर्गतको क्तचभकक बारे समस्या आयो र सो कुरा आदरणीय गुरु मोहनसिंह थापालाई बताएँ र उहाँले तत्कालै मलाई क्तचभकक सम्बन्धि विभिन्न नियमहरु लेखेर सिकाइ दिनु भयो ।
अर्को कुरा तत्कालिन समयमा प्रायः शिक्षकहरुले पठनपाठन गर्दा विद्यार्थीहरुलाई दण्ड दिने प्रचलन रहेको थियो तर उहाँले तत्कालिन समयमा पनि बालमैत्रि शिक्षण (Child Friendly Teaching) तथा दण्डरहित शिक्षण (Teaching without beating) लाई अपनाउनु भएको मलाई अनुभूति हुन्छ । यसरी उहाँमा एक असल शिक्षकमा विद्यमान सबै प्रकारका गुणहरु पाउन सकिन्थ्यो ।
म कक्षा १० मा २०४२ सालतिर पढ्दै गर्दा एक दिन त्रिभुवन जनता माध्यमिक विद्यालय लुहापिङ्ग खलंगा , सल्यानबाट खैरावाङ्ग मन्दिरको भित्तामा लाउनको लागि आवश्यक पर्ने एक एक ओटा सिङ्गमरमर साथमा लिएर दिउँसो हाम्रो कक्षाका सबै विद्यार्थीहरु खैरावाङ्गको लागि पदयात्रा गरेका थियौँ र त्यसै क्रममा हाम्रो पथप्रदर्शक अनि मार्गदर्शकको रुपमा आदरनीय मोहनसिंह थापा सर हाम्रो साथमा हुनुहुन्थ्यो । तत्कालिन समयमा आजभोलिजस्तो यातायातको सुविधा थिएन । सायद जेष्ठ महिना थियो । निक्कै गर्मी थियो । खलंगाबाट एक एक ओटा वजनदार सिङ्गमरमर बोकेर गर्मी महिनामा उकालो ओरालो गर्दै हिडेर खैरावाङ्ग पुग्न निक्कै गाह्रो थियो । हिड्दै जाने क्रममा हामी खैरावाङ्गको उकालोमा थाक्नुको साथै पसिनाले लुथ्रुक्कै भिजेका थियौँ । त्यसै समयमा रुखको छहारीमा आरा मगर्नको लागि बस्न पुग्यौँ । थाकेर अनि पानी प्यासले हैरान भएका थियौँ । त्यसै क्रममा मोहन सरले घनघस्साको उकालोको याद आयो वीरबहादुर भनेर म लगायत हामी सबैलाई तत्कालिन समयको कक्षा १० को नेपाली विषयको एउटा पाठको स्मरण गराउनु भएको थियो । यसले के कुराको दिशावोध गर्दछ भने उहाँ गणित विषयको शिक्षक भएतापनि नेपाली विषयको पनि भरपूर ज्ञान उहाँमा रहेको प्रमाणित हुन्छ । उहाँले हाम्रो थकान देखेर वा बुझेर नै होला सायद विभिन्न कथा , कविता , सन्देश सुनाएर हाम्रो इनर्जीलाई बढाउने काम गर्नु भएको थियो । त्यसमध्ये उहाँको एउटा सानो दुई लाइनको तर जीवन उपयोगी भनाई अहिले पनि मलाई स्मरण छ । त्यो यस प्रकार थियो ः
“मान्छे स्माल होइन ग्रेट हुनुपर्छ ।
लक्ष्यमा पुग्नलाइ थे्रट पनि हुनुपर्छ ।”

भनिन्छ कि हरेक ब्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको लागि एक आदर्श ब्यक्तिको जरुरी हुने गर्दछ । जस्तै कि भानुभक्तको लागि घाँसि एक आदर्श ब्यक्ति थिए । उनको भनाइबाट प्रभावित भएर भानुभक्तले विभिन्न कविता र साहित्यमा फड्को मारेको भनाई रहेको छ । पृथ्वीनारायण शाहको लागि एक बूढि महिला आदर्श ब्यक्ति थिइन् जसको कुरा सुनेर पृथ्वीनारायण शाहले तत्कालिन समयको कीर्तिपुर राज्य दोस्रो पटकको प्रयासमा कब्जा गरेका थिए । ठिक त्यसै गरेर मोहनसिँह सर पनि हाम्रो लागि प्रेरणाको स्रोत हुनुहन्छ र उहाँको प्रेरणा , भनाई , निर्देशन , परामर्शकै कारणले आज हामीले ठूलो प्रगति गर्न नसके पनि मानविय ब्यवहार , सहयोग , सदभाव , भाईचारा , समर्पणको साथै समाजमा सानै भए पनि आफ्नो पहिचान बनाउन सकेका छौँ । यो श्रेय गुरु मोहन सरलाई नै जान्छ ।
विद्यालयमा मात्र नभै उहाँले सल्यान क्याम्पस सल्यानमा पनि गणित विषय पठनपाठन गर्नुहुन्थ्यो । कयौँ विद्यार्थीहरुको लागि भाग्य र भविष्य निर्माण गर्न सफल र सक्षम गुरु श्रद्धय मोहनसिँह थापा शिक्षण क्षेत्रका कोशे ढुंगा तथा एक नविनतम नक्षेत्रको रुपमा युगौँ युगसम्म रहिरहनुका साथै मेरो स्मरणमा पनि रहिरहनु भएको छ । लाग्छ उहाँको अवशानले शिक्षा क्षेत्रमा मात्र नभै सामाजिक , वौद्धिक क्षेत्रमा पनि अपूरनीय क्षति हुन पुगेको छ र शैक्षिक क्षेत्रमा काम गर्ने तमाम जिम्मेवार ब्यक्तिहरुद्वारा उहाँले शिक्षा तथा शिक्षण क्षेत्रमा अपनाएका तौरतरिका , अभ्यास एवम् नीतिलाई इमान्दारी र जिम्मेवारीपूर्वक ब्यवहारमा अपनाउन सकेमा मात्र उहाँप्रति गरिएको सच्चा सद्भाव र सम्मान हुने छ भन्ने कुरा ब्यक्त गर्न चाहन्छु साथै श्रद्धय गुरु मोहनसिँह थापा भौतिक रुपमा २०७१ साल जेष्ठ २४ गतेका दिन दिवंगत भै हाम्रो बिचमा नरहे पनि मेरो मानसपटलमा उहाँ सदा सदा अटल , अमर, अजर अनि स्मरणमा रहिरहनु हुने छ ।
मोहनसिँह थापा गुरु जिन्दावाद ।

लेखक सल्यानमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस