
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन सल्यानको पाँचौ जिल्ला अधिवेशनलाइ सम्पन्न ।
अधिवेशन बाट दिपेन्द्र विष्टको अध्यक्षता रहेको नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा खिमलाल डाँगी, सचिबमा कमल वली, कोषाध्यक्षमा कमल वली, सहकोषाध्यक्षमा शारदा बोहरा र सदस्यहरुमा क्रमश धनसिंह गोसाई, हिमाल भण्डारी, डम्बर डाँगी र प्र्रेम भण्डारी चयन हुनु भएको छ ।
शनिबार भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन सल्यानको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन प्रमुख अतिथि एवं शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गर्नु भएको थियो ।
विशिष्ट अतिथि प्याब्सनका उपाध्यक्ष नैनसिङ खत्री, प्याब्सनका पुर्व केन्द्रीय उपाध्यक्ष बालदिप कडेल, प्याव्सनका प्रमुख सल्लाहकार पुर्ण बहादुर बस्नेत,शारदा नपा वडा न ३ का अध्यक्ष तुलसा भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, प्याब्सनका कर्णाली सचिव वेद प्रकाश ढकालले, नेशनल प्याब्सन सल्यानका अध्यक्ष कमल थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनमा प्याव्सनमा आवद्ध ६ वटा नयाँ सदस्य विद्यालयलाई स्वागत गरिएको छ ।
त्यस्तै संस्थागत विद्यालयतर्फ २०८० को एसइर्ई मा जिल्ला उत्कृष्ट अंक प्राप्त गर्ने एमएम एकेडेमीकी छात्रा गंगा बुढाथोकी दोस्रो अंक प्राप्त गर्ने मोर्डन तुल्सी एकेडेमीका छात्र निशान केसीलाई सम्मान गरिएको छ ।
विषयगतमा उत्कृष्ट हुुने शिक्षकहरू कुबेर गिरी, लिलादेवी कोईराला, खिमा रिजाल र गणेश चौधरीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
जित बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई भरत बस्नेले स्वागत गरेका थिए भने संचालन खिम राज डिसीले गरका थिए ।