
असोज २२, सल्यान l
मंगलबार जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ लुहापिङ खलंगामा मोटरसाइकल र ट्रेक्टर ठोकिदा दुइजना घाइते भएका छन ।
श्रीनगरबाट खलंगा आउदै गरेको कपुरकोट गाउँपालिकाको रा १ द १५ नम्बरको ट्रेक्टर र विपरित दिशातर्फ जादै गरेको बा.प्र.०२०४२ प. ११९२ नम्बरको मोटरसाइकल आपसमा ठोकिदा मोटरसाइकल चालक शारदा नगरपालिका २ निवासी २० वर्षिय विपन के.सी. र मोटरसाइकलको पछाडी बसेका छत्रेश्वरी ६ लान्ति निवासी २१ वर्षिय नरेश ठकुरी घाइते भएका छन । घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र ट्रेक्टर, मोटरसाइकल र ट्रेक्टर चालक कपुरकोट ३ का २८ वर्षिय जित बहादुर वली प्रहरी नियन्त्ररणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार