
२३ असोज, सल्यान ।
दशैको लागि पालेको खशीको आक्रमणबाट सल्यानको शारदा नगरपालिका १२ रेशमज्यूला निवासी खसी मालिक ७६ वर्षिय बुद्धिराम चलाउने घाइते हुनु भएको छ ।
बुधबार खशीलाई घास दिने क्रममा एक्कासी खशीले आक्रमण गर्दा चलाउनेको वाँया खुट्टामा गहिरो चोट लागेको हो ।
उहाँलाई श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार गरिएको र खुट्टामा १७ वटा टाका लगाइएको वडा अध्यक्ष सुरेन्द्र बुढाले बताउनुभयो ।
दशैको लागि पालिएको खशी करिब ५० किलोको रहेको बताइएको छ ।
प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार