दशैको टीकाको साइत आज विहान ११ः३६ बजे

वि.सं. २०८१ को बडादशैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ । 

टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस