शारदाको १२ नम्बर वडाले गरायो जेष्ठ नागरिकलाई भ्रमण


सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ को कार्यालयले वडाका जेष्ठ नागरिकलाई तिर्थयात्रा भ्रमण गराएको छ ।
सुक्रबार वडाको केन्द्र रेशमज्यूलाबाट प्युठान स्वर्गद्वारी मन्दिर सम्म ६० जना जेष्ठ नागरिकलाई वडा कार्यालयले भ्रमणमा लगेको हो।


आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट बाट जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत
६९ वर्ष माथिका जेष्ठ नागरिकलाई तिर्थ यात्रा भ्रमण गराइएको वडा अध्यक्ष सुरेन्द्र बुढाले बताउनुभयो ।


पहिलोपटक स्वर्गद्वारी मन्दिर दर्शन गर्न पाएकोमा आफुँ धन्य भएको र निकै खुशी लागेको
६९ वर्षीय बुद्धिराम चलाउनेले बताउनुभयो । पैसा पनि तिर्नु परेन, गाडि भाडा पनि तिर्नु परेन, मन्दिर दर्शन नि गरियो, खाना नि खाईयो रमाइलो भयो उहाँले भन्नु भयो ।
त्यस्तै ८० वर्षिय जानकी बोहराले पूजा गरियो, घूमीयो रमाइलो भएको बताउनु भयो ।
भ्रमणमा जेष्ठ नागरिकको स्वास्थ्यको ख्याल राखी स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र वडाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस