

फागुण २७ सल्यान ।
सल्यानको खलंगामा आयोजित चौबन्दी चोली र डिजाइन कुर्ता सुरुवाल सिलाउने सीप प्रतियोगिता सम्पन्न भएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालू आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार शारदा नगरपालिका–२, खलंगामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिता फागुन २६ र २७ गते आयोजना गरिएको थियो, जसमा जिल्लाका विभिन्न स्थानीय तहका ७ जनाले सहभागिता जनाएका थिए।
प्रतियोगितामा दार्मा गाउँपालिका–३ निवासी रमेश परियार प्रथम, त्रिवेणी गाउँपालिका–१ निवासी हरीकुमारी पुन दोस्रो, तथा बनगाड कुपिण्डे नगरपालिका–८ निवासी दलिकुमारी पुन तृतीय हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुनेलाई लाई क्रमशः रु २० हजार , रु १० हजार , र रु ७ हजार नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्यामलाल खरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी ध्रुव बहादुर खत्रीले गर्नुभएको थियो । प्रतियोगिताको विषय विशेषज्ञ पाण्डव कुमार दमाई रहनुभएको थियो ।
