सल्यानको त्रिवेणीमा आधारभूत हाउस वायरिङ तथा प्लम्बिङ तालिम सम्पन्न

१७ चैत्र, सल्यान

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालू आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत सीप विकास तालिम तथा रोजगार विकास कार्यक्रम अन्तर्गत उद्योग कार्यालय सल्यान र त्रिवेणी गाउँपालिका, सल्यानको साझेदारीमा सञ्चालन भएको आधारभूत हाउस वायरिङ तथा प्लम्बिङ तालिम आज सम्पन्न भएको छ।

उद्योग कार्यालय सल्यानका कार्यालय प्रमुख श्री श्यामलाल खरालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत तथा विशिष्ट अतिथि वडा अध्यक्ष विमल रावत रहनुभएको थियो ।
तालिममा त्रिवेणी गाउँपालिका–५ का १२ जना युवा सहभागी भएका थिए । गाउँपालिका अन्तर्गत विभिन्न बस्ती तथा समुदायहरूमा विद्युतीकरण र नयाँ घरहरूको निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा वायरिङ र प्लम्बिङ सम्बन्धी सीप आर्जनले स्थानिय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने विश्वास सहित तालिम पश्चात व्यवसाय स्थापना गरी आत्मनिर्भर बन्न सकिने सम्भावना रहेकोमा सहभागीहरूले खुशी व्यक्त गरेका छन्।
कार्यक्रमको सहजीकरण ध्रुब बहादुर खत्रीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस