
२९ बैशाख, सल्यान ।
२५६९ औं भगवान गौतम बुद्ध जयन्तीको अवसरमा शारदा नगरपालिकाले वडा नं. २, खलंगा मखन टाकुरीस्थित निर्माणाधीन बुद्ध पार्कमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारी, उप–प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, नगर प्रवक्ता राजेश कुमार शर्मा, साथै वडा नं. १, २, १३ र १५ का वडा अध्यक्षहरू प्रदीप पाण्डे, सबिन हमाल, जङ्ग बहादुर बुढा र लोकमान बुढाथोकीको विशेष उपस्थिती रहेको थियो।

त्यसैगरी कार्यपालिका सदस्य रत्ना थापा, मन्जु परियार, नगरका विषयगत शाखाका प्रमुखहरू, कर्मचारीहरू, नगर प्रहरीहरू, निर्माण व्यवसायी लक्ष्मण हमाल, मनोज सिंह, धिरज रावत, जिमजियाङ राई, र थुप्रै स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बुद्ध जयन्तीको शुभकामना दिदै बुद्धको शिक्षालाई व्यवहारमा उतार्नुपर्ने र शान्तिपूर्ण समाज निर्माणमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
हेटौंडा उपमहानगरपालिकाको सौजन्यमा प्राप्त बुद्धको मूर्तिसहितको यो बुद्ध पार्क निर्माणाधीन अवस्थामा रहेको छ। बाँकी संरचनाहरू निर्माण सम्पन्न भएपछि यसको औपचारिक उद्घाटन गरिने जानकारी नगरपालिकाले दिएको छ।