चेतना सामाजिक उद्यमी सहकारी र संघर्ष समिति नेपालबीच ११ बुँदे सहमति, न्यायसंगत ऋण असुलीमा जोड

जेठ ३, सल्यान

भाखा नाघेका ऋणको पारदर्शी, न्यायपूर्ण र प्रभावकारी असुली प्रक्रिया सुनिश्चित गर्न चेतना सामाजिक उद्यमी सहकारी संस्था लि., खलंगा सल्यानले ११ बुँदे सहमति सार्वजनिक गर्दै पत्रकार सम्मेलनको आयोजना गरेको छ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति नेपालसँगको सहकार्यमा जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरिएको कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज फत्ते बहादुर पुनले सहकारी क्षेत्रमा देखिएको आर्थिक अस्थिरता र सदस्यहरूको असन्तुष्टिप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले समस्याको समाधान संवाद र सहकार्यबाट खोज्नुपर्नेमा जोड दिँदै वित्तीय अनुशासन र नागरिक सहभागिता अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

संस्थाका अध्यक्ष धन बहादुर नेपालीले सहकारीको उद्देश्य, हालका चुनौती र सुधारका उपायहरूबारे धारणा राख्दै, भर्खरै भएको ११ बुँदे सहमति संस्था र सदस्य दुवैको हितमा आधारित रहेको जानकारी दिनुभयो।

कार्यक्रम वरिष्ठ प्रबन्धक विमला सेजवालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने संचालन लालमन विकले गर्नुभएको थियो। कार्यक्रमकै क्रममा संघर्ष समिति नेपाल र चेतना सामाजिक उद्यमी सहकारीबीच सहमति भएको औपचारिक जानकारी गराइएको थियो।

संस्थाले अबदेखि ऋण असुलीमा पारदर्शिता कायम गर्दै, सबै सरोकारवाला पक्षको सहभागिता र सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

सहमतिका प्रमुख बुँदाहरू निम्नानुसार छन :
१. सदस्यले लिएको ऋणको भावा नाघेको सांवा व्याज असुली गर्नका लागि चेतना सामाजिक उद्यमि सहकारी संस्था लि र लघु वित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको सयुक्त टोली बनाई सम्बन्धित ऋणीको घरमा गइ भाखा नाघेको साँवा व्र याज असुली गर्ने नाखा नाघेका ऋणी सदस्यहरुको ऋण असुली भएमा त्यसको रेकर्ड संस्थाले राख्ने । 
२. भाखा नाघेका ऋणी सदस्यले तोकिएको समयमा ऋण नवुझाइ भाखा नाघ्न गई संस्थाको वित्तिय अवश्यामा प्रभाव पर्न गएमा वा संस्थाको जोखीम व्यहोर्ने कोषमा भार वहन वढ्न गएमा र ऋणीले संस्थाको ऋण व्यवश्यापन र असुली कांगविधि २०८१ अनुशार तोकिएको समयमा लिएको ऋणाको सावां व्याज भुक्तानी नगरेमा सहकारी ऐन २०७४, सहकारी नियमावलि २०७५ कर्णाली प्रदेश सहकारी ऐन २०७४, कर्णली प्रदेश सहकारी नियमावलि २०८०, संस्थाको विनियम २०७९ संस्थाको ऋण व्यवश्यापन र असुली कर्कायविधि २०८१ अनुशार कालो सुचिमा राख्न सकिने र झणी सदस्यले दिएको चेक बाउन्स गर्न सकिने र ऋणीले ऋण लिदाँ राखेको धितो लिलामी गरी ऋण असुली गर्नुका साथै धितोले नपुगे ऋणी तथा एकाघरका परिवारका सदस्यको जायजेथा तथा चल अचल सम्पतिबाट ऋण असुली गर्नुपर्ने ।
३. चेतना सामाजिक उद्यमि सहकारी संस्था लि का विभिन सदस्यता सेवा केन्द्रबाट ऋण लिई भावा नाघेका ऋणी सदस्यहरुले ऋण लिई भाखा नाघेको ऋणको साँबा र व्याज तिर्न लगाउनका लागि मिति. २०८२।०२।०३ गतेका दिन सल्यान जिल्ला शारदा नगरपालिका वडा न २ खलगां सल्यानमा पत्रकार सम्मेलन गर्ने र यसलाई पत्रपत्रिका सामाजिक संजाल र युटुबमा प्रचार प्रशार गर्ने । 
४. २०७८ माघ १ गतदेखि आन्दोलन भए देखिको पाकेको व्याजमा हजांना संस्थाको निर्णयानास पक्षिय सहमतिको आधारमा छूट गर्न सकिनेछ ।
५. संस्थाको नियमानुशार भाखा नाघेको ऋणी सदस्यले व्याज भुक्तानी गरी नयाँ ऋण बनाउन चाहेमा पुन ऋण लगानी गर्न सकिने र ऋणीले यसमा उल्लेखीत सुविधा लिनका लागी लघु वित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिती नेपालको सदस्यता लिई सक्रिय भएको हुनुपर्ने र त्यस्ता सदस्यको रेकर्ड लघु वित्त तथा वित्तिय शोषण बिरुद्धको संघर्ष समिती नेपालले उपलब्ध गराउने ।
 ६. सुविधा लिनका लागि लघु वित्त तथा वित्तिय शोषण बिरुद्धको संघर्ष समिती नेपालको आन्दोलनलाई सहयोग गरेको व्यक्ति हुनुपर्ने अन्तिम चरणमा वितरण गरेको कार्ड मासिक लेवि बुझाएको र लघु वित्त वित्तिय संस्थाको विरुद्धको कार्यक्रममा भाग लिएको हुनुपर्ने । 
७. आवद्ध सदस्यहरुको धितो लिलाम, कालो सुचि चेक बाउन्स फिर्ता केही समयका लागि रोक्ने यदि ऋणीले संस्थाको नियमनुसार नचलेमा ऋणाको सााँ व्याज भुक्तानी नगरेमा सहकारी ऐन २०७४, सहकारी नियमावलि २०७५ कर्णाली प्रदेश सहकारी ऐन २०७४, कर्णली प्रदेश सहकारी नियमावलि २०८०, संस्थाको विनियम २०७९ संस्थाको ऋण व्यवश्यापन र असुली कांयविधि २०८१ अनुशार कालो सुचिमा राख्न सकिने र ऋणी सदस्यले दिएको चेक बाउन्स गर्न सकिने र ऋणीले ऋण लिदाँ राखेको धितो लिलामी गरी ऋण असुली गर्नुका साथै धितोले नपुगे ऋणी तथा एकाघरका परिवारका सदस्यको जायजेथा तथा चल अचल सम्पतिबाट ऋण असुली गर्नसकिने ।
८. नेपालको संबिधान २०७२ र मुलकी ऐन संहिता २०७४ र सहकारी ऐन २०७४, सहकारी नियमावलि २०७५ कर्णाली प्रदेश सहकारी ऐन २०७४, कर्णाली प्रदेश सहकारी नियमावत्लि २०८०, संस्थाको विनियम २०७९, संस्थाको ऋण व्यवश्यापन र असुली कर्कायविधि २०८१ अनुशार अनुसार कार्य संञ्चालन गर्नु पर्ने । 
९. भाखा नाघेका ऋणी सदस्यहरु कहाँ ऋण असुलीका लागि द्वय पक्षिय टोली जाँदा दिनको १० बजेदेखी साँझको ५ वजेसम्म मात्र जाने । 
१०. भाखा नाघेको ऋणी सदस्यहरुको घरमा जाँदा द्वय पक्षिय सयुक्त टोलीलाई संस्थाको नियमानुशार खर्चको व्यवश्थापन गर्ने र मिति २०८२।०२।०३ गतेका दिन सल्यान जिल्ला शारदा नगरपालिका वडा न. २ खलगां सल्यानमा पत्रकार सम्मेलन गर्नका लागि खर्चको व्यवश्थापन चेतना सामाजिक उद्यमि सहकारी संस्था लि.ले व्यहोर्ने । 
११. चेतना सामाजिक उद्यमि सहकारी संस्था लि ले आफ्ना शेयर सदस्यहरुलाई वित्तिय साक्षरता विस्तारीत मञ्च तालिम बैठक संचालन गर्ने तथा आयोजना गर्ने र त्यसको निश्चित वर्षको व्यवश्थापन संस्थाला जगन् सदस्यहरुलाई वित्तिय साक्षरता तथा विस्तारीत मञ्च तालिम
उक्त सहमति अनुसार सहकारी र संघर्ष समिति दुबैले सदस्यहरूको हक–अधिकार सुरक्षित गर्दै वित्तीय अनुशासनको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 
 

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस