यू-१६ प्रादेशिक छनौट प्रतियोगिता–२०८२ का लागि जाने सल्यानका खेलाडीहरूलाई बिदाइ

जेठ ३, सल्यान
यू–१६ उमेर समूहको प्रादेशिक छनौट प्रतियोगिता–२०८२ मा सहभागी हुन जाने सल्यानका खेलाडीहरूलाई आज एक विशेष कार्यक्रमका बीच खलंगामा बिदाइ गरिएको छ।

क्रीकेट संघ सल्यानका अध्यक्ष सबिन हमालको अध्यक्षतामा तथा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि भण्डारीले सल्यानको प्रतिनिधित्व गर्दै खेल मैदानमा उत्रन लागेका खेलाडीहरूलाई शुभकामना दिंदै जिल्लाको नाम उच्च राख्ने गरी खेल प्रदर्शन गर्न निर्देशन दिनुभयो। साथै उहाँले युवा खेलाडीहरूको जोश, समर्पण र लगनशीलताको प्रशंसा गर्दै हौसला प्रदान गर्नुभयो। कार्यक्रममा खेलाडीहरू, अभिभावक, संघका पदाधिकारीहरू तथा स्थानीय सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।
बिदाइ गरिएका खेलाडीहरूको सूची यसप्रकार छ:

मिशन बस्नेत
सुमित भण्डारी
अनिश डाँगी
विष्णु वली
कुषल डाँगी
विमोचन थापा
जोखिराम केसी
सन्देश वली
देवराज वली
सुर्य सुनार
प्रिन्स सेजवाल
अमर बस्नेत
सागर बस्नेत
आर्यन सेजवाल

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस