रङ्गमञ्च र चलचित्र एउटै सिक्काका दुई पाटा हुन् भन्दा फरक पर्दैन । दुवैको समान उद्देश्य भनेकै दर्शकलाई भरपूर मनोरञ्जन दिनुका साथसाथै जनचेतना फैलाउनु हो । यी दुईमा समानतासँगै केही असमानता पनि छन् । रङ्गमञ्च जहाँ ‘लाइभ’ अभिनय गर्नु पर्छ, त्यही चलचित्रमा अभिनय गर्नेले अनेकौँ ‘टेक’को अवसर पाउँछन् ।
एउटै टेकमा काम गर्ने बानी परेका रङ्गमञ्चका कलाकार खारिएर परिपक्व र जीवन्त अभिनय गर्न पोख्त हुन्छन् ।
रंगमञ्च बाट उदय भएका कलाकारहरु दयाहङ राई, सौगात मल्ल, विपिन कार्की अहिले चलचित्र मार्फत दर्शकहरुको मन जितिरहेका छन ।
धेरैले रङ्गमञ्चलाई अभिनयको पाठशालाका रूपमा पनि व्याख्या गर्छन् । आधुनिक समयको क्रमसँगै जहाँ रङ्गमञ्च साँघुरिँदै गएको छ, त्यही चलचित्रले आफ्नो दायरा फराकिलो मात्र बनाएको छैन, आर्थिक रूपमा पनि यसमा आबद्व चलचित्रकर्मीलाई बलियो बनाएको छ । यस्तै रंगमञ्चमा आफ्नो कला कौशल देखाउदै चलचित्रको पर्दा तर्फ उन्मुख हुँदै गरेका कलाकार हुन सल्यानका पूर्ण बहादुर गन्धर्व ।
सल्यानको जिल्लाको सदरमुकाम खलंगा संगीत टोलमा जन्मिएका पूर्ण बहादुर गन्धर्व २८ वर्षका भए ।
सदरमुकामकै त्रिजमावि बाट एसएलसी उर्तीण गरि २०६८ सालमा डाक्टर बन्ने सपना बोकेर काठमाण्डौ छिरेका उनी एमविवियसमा नाम निकाल्दा समेत आर्थिक अवस्था कमजोर भएर पढ्न पाएनन् । स्नातक सम्म मेजर विषय केमिस्ट्री पढ्दै ब्यापार पनि गरे । समाजमा शिक्षा र चेतनाको कुरा गर्ने, जिल्लाका लागि स्वतन्त्र भएर काम गर्ने सहयोग गर्ने समाजसेवी सल्यान सरोकार समाजका महासचिव ,दलित एकता संजालका प्रदेश इन्चार्ज समेत रहेका उनी स्नातक पछि २०७६ सालमा कलाकार बन्न मण्डला नाटकघरमा प्रवेश गरे । सानै देखि कलाकारितामा झुकाव राख्ने गन्धर्व त्यो समयका कलाकार दयाहाङ राई, सौगात मल्ल, राजेश हमाल, विराज भट्ट लगायतका कलाकारहरुको प्रेरणा बाटै कलाकारीतामा लागेको बताउछन । बोलेर भन्दा पनि गरेर देखाउने भाव राखेका उनमा भारतीय कलाकार अमिर खानको चलचित्र तारे जमिन पर ले अझ बढि प्रभाव पार्यो ।
मण्डला थिएटरमा रि–याक्ट कोर्ष गरेर कलाकारिताको बाटो हिडे । त्यसपछी साना साना चरीत्र निभाउदै सडक नाटक देखि स्टेज नाटक गरि दर्जनौ नाटकमा अभिनय संगैै लेखनको काम पनि गरे । नाटकहरु २४ मा १२ ,ज्ञानको चिहान , घरको माया लगाएत थुप्रै नाटक छ्न र टिभि सिरिज डिङ्नो, क्राइम फाइल, क्राइम पेट्रोल, माई सेकेण्ड टिचर, घामपानीमा विभिन्न चरित्रमा देखिए । पछिल्लो समय गिलु रातोसको लेखन र अनिल सुब्बाद्वारा निर्देशित र मण्डला थियटरले नै निर्माण गरेको नाटक मेषी दण्डमा मुख्तियारको र फत्ते बहादुरको चरित्रमा देखिएर उक्त चरित्रमा उनीले गरेको अभिनयलाई दर्शकले निकै रुचाय । उक्त नाटक १ महिना संम्म संचालन भएको थियो ।
मण्डला थिएटरले नै निर्माण गरेको नाटक अंकुरनमा कर्णेल रघुनाथको मुख्य भूमिका देखिएका उनले फेरी उत्कृष्ठ अभिनय गरेर दर्शकहरुको मन जित्न सफल भए ।
रङ्गमञ्च संगै फिल्मका लागि काम गर्दै कलाकार पूर्ण बहादुर गन्धर्व
रंगमञ्चमा उनको कलाकारिता देखेर देशका चल्तीका चलचित्र निर्माता, निर्देशकको नजरमा परेका उनी तिहार लगतै छायाँकन हुने ठुलो ब्यानरका चलचित्रमा काम गर्ने भएका छन ।
चलचित्र महाराजाधिराज र अरु दुइबटा चलचित्रमा उनलाई दर्शकले देख्न पाउनेछन ।
देशका २५ भन्दा बढि जिल्लामा नाटक प्रस्तुत गर्न पुगेका उनी समाज परिवर्तनको सकारात्क पक्ष कलाकारिता भएको र आफु कलाकारीतामै सक्रिय रहने बताउछन ।
कलाकार हुँदै गर्दा चरित्रमा काम गर्दा हरेक पटक एउटा नयाँ उर्जा र प्रेरणा दिने काम गरेको उनी बताउछन ।