सल्यानमा राष्ट्रिय परिचय पत्र बनाउन गएका एक वृद्धको लडेर मृत्यु

सल्यान, २०८१ चैत १४ –

जिल्ला प्रशासन कार्यालय सल्यानमा आफ्नो राष्ट्रिय परिचय पत्र बनाउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ।

बागचौर नगरपालिका ७ टाटके बस्ने ७० वर्षीय टिकाराम वली जिल्ला प्रशासन कार्यालय सल्यानमा पुगेका बेला तल्लो तलामा लडेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल, सल्यान लगिएको थियो।
गम्भीर अवस्थाका वलीलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको छ।
मृतकको शव हाल जिल्ला अस्पताल सल्यानमै राखिएको सल्यान प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस