सभापति बिस्टलाइ विद्युतीकरणबारे लगाइएको आरोप तथ्यहीन : नेपाली कांग्रेस, सल्यान

बैशाख -२६,सल्यान–
हालै कुमाख गाउँपालिकाका युगराज खड्काले सामाजिक संजाल मार्फत सल्यान जिल्लाको विद्युतीकरण कार्यप्रति व्यक्त गरेको आरोपप्रति नेपाली कांग्रेस, सल्यानले कडा आपत्ति जनाएको छ। कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै आरोप पूर्णतः भ्रामक, निराधार र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “सल्यान जिल्लामा पूर्ण विद्युतीकरण नभएको भनी नेपाली कांग्रेस सल्यानका सभापति केशवबहादुर विष्टमाथि लगाइएको आरोप तथ्यहीन र सत्यविहीन छ।”

नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ:

सल्यान जिल्लाको विद्युतीकरण संघीय सरकारअन्तर्गतको योजना हो र यसमा जिल्ला सभापतिको कार्यकारी भूमिका छैन।

पार्टी सभापति विष्ट जिल्लामा विकास योजनामा सक्रिय रहेको ।

सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरेर जनतामा असन्तोष फैलाउने प्रयास भएको छ।

यस्ता आरोपहरू व्यक्तिगत बदनियतबाट प्रेरित छन् र यिनको भित्री उद्देश्य गलत भनेर भएको कुरा सचिब द्वय प्रकाश भण्डारी र एकराज बुढाथोकीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस